राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विभिन्न पार्टीको सिफारिसमा नियुक्ति पाएका व्यक्तिहरूलाई राजीनामा गर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले संसद्को रोस्टमबाट भने, ‘पार्टीको सिफारिसबाट नियुक्ति लिएकाले राजीनामा दिएर सहयोग गर्न अनुरोध गर्दछु।’