नेतृत्वप्रति असन्तुष्ट एमालेनिकट युवाको प्रदर्शन, विद्रोहको चेतावनी [तस्बिरहरू]

बिहिबार, १९ चैत, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा पार्टीका युवा कार्यकर्ताले प्रदर्शन गरेका छन्। नेतृत्वको कार्यशैलीको विरोधमा युवाहरूले प्रदर्शन गरेका हुन्।

इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा नेता सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद उपाध्यक्ष रामबहादुर थापा बादललाई संसदीय दलको नेता चयन गरेपछि बुधबार पनि युवाहरूले प्रदर्शन गरेका थिए।

युवाहरूले आजसम्मको योगदानका लागि आभार व्यक्त गर्दै अब नयाँ पुस्ताको नेतृत्व र विचारलाई अघि सार्नुपर्ने माग गरेका छन्। उनीहरूले ‘हामी कार्यकर्ता हौँ, नेताको दास होइन’, ‘नेतृत्व सुध्रिएन भने विद्रोह हुन्छ’, ‘जबजलाई लागू गर, जबजको अपव्याख्या बन्द गर’जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार