काभ्रेमा ६ हजार २०८ जनाले आजदेखि एसइई दिँदै

बिहिबार, १९ चैत, २०८२
डिजिटल संस्करण

आज चैत १९ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ सुरु भएको छ । काभ्रे जिल्लामा ३३ वटा परीक्षा केन्द्रबाट ६ हजार २०८ जना विद्यार्थीले परीक्षा दिँदै छन् ।  शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेपलाञ्चोकका अनुसार ६९ वटा संस्थागत र  १५० वटा सामुदायिक विद्यालय गरी २१९ विद्यालयका छात्रछात्राहरू परीक्षामा सहभागी भएका छन् ।

नियमिततर्फ पाँच हजार २२७ जना, प्राविधिक धारतर्फ २०१ जना, ग्रेडवृद्धितर्फ २८० जना, बहिरा १२ जना र एकजना दृष्टिविहीन विद्यार्थी परीक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेपलाञ्चाेकले जनाएको छ । 

आजबाट सुरु भएको परीक्षामा सामुदायिक विद्यालयहरूबाट दुई  हजार ८० जना छात्रा र एक हजार ७१७ जना छात्र गरी तीन हजार ७९७ जना र संस्थागत विद्यालयबाट एक हजार आठजना छात्रा र एक हजार ४०३ जना छात्र गरी दुई  हजार ४११ जना विद्यार्थीले एसइई परीक्षा दिँदै छन् ।

See More On

सुझावित समाचार