एनसेलको दैनिक १०० एमबी डेटा निःशुल्क पाइने अफर

बिहिबार, १९ चैत, २०८२
डिजिटल संस्करण

एनसेलले दैनिक एक सय एमबी निःशुल्क डेटा पाइने अफर सञ्चालनमा ल्याएको छ । साथै, हरेक हप्ता आकर्षक डेटा भोलुम पनि पुरस्कारस्वरूप जित्न सक्नेछन् । ग्राहक अनुभव अभिवृद्धि र डिजिटल प्रयोगलाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धताबमोजिम कम्पनीले यो अफर सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ ।

अफरअन्तर्गत सबै एनसेल ग्राहकले हरेक दिन एनसेल एपको बाई प्याक मेनुमा गई १०० एमबी निःशुल्क डेटा सक्रिय गर्न सक्नेछन् । यसले ग्राहकलाई एपका विभिन्न सुविधा प्रयोग गर्दै सधैँ कनेक्टेड रहन मद्दत गर्ने बताइएको छ । यो अफरको उद्देश्य ग्राहकलाई आधारभूत ग्राहक सेवाभन्दा बाहिर गएर डिजिटल जीवनशैली अपनाउन प्रेरित गर्नु रहेको एनसेलले जनाएको छ । 

ग्राहक संलग्नता थप बढाउन एनसेलले ‘प्ले एन्ड विन’ अफर पनि ल्याएको छ । जसअन्तर्गत ग्राहकले साप्ताहिक रुपमा एपमा आधारित गतिविधिमा सहभागिता जनाएर ५० जिबीसम्म डेटा जित्ने अवसर पाउनेछन् । प्रयोगकर्ताले दैनिक एपमा गई स्पिन द ह्विवल, म्याथ च्यालेन्ज, एनसेल रनर, स्क्राच एन्ड विनजस्ता गेममा संलग्न भई आफ्नो अंक संकलन गर्न सक्ने बताइएको छ । 

हप्ताभरि संकलन भएको अंकका आधारमा ग्राहकहरूको स्थान निर्धारण गरिन्छ र सोहीअनुसार उनीहरूले आकर्षक डेटा पुरस्कारका रूपमा जित्नेछन् ।  प्रत्येक हप्ता कुल तीन हजार ४१० जना ग्राहकले डेटा पुरस्कारका रूपमा प्राप्त गर्नेछन्, जसमा शीर्ष १० जनाले ५० जीबी डेटा प्राप्त गर्नेछन् । उत्कृष्ट १ देखि १० जना ग्राहकहरूले जनही ५० जीबी डेटा प्राप्त गर्नेछन् भने ११ देखि ६० स्थानसम्मका ग्राहकहरूले १० जिबी, ६१ देखि १६० स्थानसम्मका ग्राहकहरूले ५ जिबी, १६१ देखि ४१० स्थानसम्मका ग्राहकहरूले १ जिबी, ४११ देखि ९१० स्थानसम्मका ग्राहकहरूले ५०० एमबी र ९११ देखि ३,४१० स्थानसम्मका ग्राहकहरूले जनही १०० एमबी डेटा पुरस्कार प्राप्त गर्नेछन् ।

See More On

सुझावित समाचार