फोटोन मोटर्सले बिर्तामोडमा कस्टमर मिट कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममार्फत झापा तथा आसपासका जिल्लाका ग्राहकसँग ब्रान्डलाई अझ नजिक ल्याउने उद्देश्य राखिएको बताइएको छ । कार्यक्रममा फोटोन प्रयोगकर्ताले आफ्ना अनुभव, अपेक्षा र सुझाव प्रस्तुत गरेका थिए । साथै, कार्यक्रममा पूर्वी नेपालका यातायात व्यवसायी, फ्लिट सञ्चालक तथा व्यावसायिक साझेदारहरूको सक्रिय सहभागिता रहेको थियो ।
बिर्तामोड महत्वपूर्ण व्यापारिक तथा लजिस्टिक्स केन्द्र भएकाले झापा तथा सीमावर्ती जिल्लामा फोटोनको पहुँच विस्तार गर्न यसले रणनीतिक भूमिका खेल्ने बताइएको छ । यस पहलमार्फत कम्पनीले ग्राहकसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्नुका साथै व्यावसायिक सवारीसाधनसम्बन्धी उनीहरूको बदलिँदो आवश्यकताबारे महत्वपूर्ण जानकारी संकलन गर्ने लक्ष्य राखेको थियो ।
कम्पनीले बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिएको विषयमा प्रकाश पारेको थियो । फोटोन टोलीले सेवामा पहुँच र रेस्पोन्स समय अझ सुधार गर्ने योजना प्रस्तुत गर्दै ग्राहकहरूलाई समयमै र भरपर्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइएको छ । कम्पनीले पछिल्लो समय आफ्नो देशव्यापी नेटवर्क विस्तारमा जोड दिएको छ । जसअन्तर्गत हाल १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्र सञ्चालनमा छन् ।