नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीभित्र समानान्तर गतिविधि गर्नेहरूलाई कानुनी कारबाहीको चेतावनी दिएको छ।
बुधबार बसेको अनुशासन समितिको बैठकले नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जम्मेवारी उल्लेख गर्दै अनाधिकृत वक्तव्य जारी गर्नेहरूलाई सचेत गराएको हो।
‘विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत १४ गते अधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइन्छ,’ निर्णयमा भनिएको छ।
बैठकले पुनः यस किसिमको गलत काम गर्नेलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) र प्रचलित नेपाल कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ।