जबर्जस्ती करणी आरोपमा संखुवासभाबाट एक युवक पक्राउ

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

संखुवासभाको चैनपुरबाट जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
चैनपुर नगरपालिका–७, फलाटे घर भएका १९ वर्षीय एक युवकलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।

राजवंशीका अनुसार १२ वर्षीया नाबालिगलाई जबर्जस्ती करणी गरेको कसुरमा ती युवकलाई पक्राउ गरिएको हो। जिल्ला  प्रहरी कार्यालयले आरोपी र पीडित दुवैको नाम सार्वजनिक गरेको छैन।

आरोपित युवकलाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

सुझावित समाचार