नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा वीरगन्जमा नेकपा एमालेका कार्यकर्ताहरूले मसाल जुलुस निकालेका छन्।
एमाले अध्यक्ष ओलीको रिहाइको माग राखेर गरिएको प्रदर्शनमा घन्टाघर चोकमा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल भएको हो।
प्रदर्शनकारीले बोकेको मसाल प्रहरीले नियन्त्रणमा लिन खोजेपछि स्थिति एकाएक तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीले विरोध जनाउँदै नाराबाजी जारी राखेपछि प्रहरीसँग धकेलाधकेल भएको हो।
प्रहरीले मसाल खोसेपछि आक्रोशित प्रदर्शनकारीले 'प्रहरी दमन बन्द गर, गृहमन्त्री मुर्दावाद, गृहमन्त्री राजीनामा दे, बालेन सरकार मुर्दावाद'लगायतका नारा लगाएका थिए।