साथीको जन्मदिन मनाउन भनी निस्केकी बालिका मृत फेला

सोमबार, १६ चैत, २०८२
डिजिटल संस्करण

दाङको बबई गाउँपालिका वडा नं. ३ स्थित वनमा एक किशोरी मृत भेटिएकी छिन्। साथीको जन्मदिन मनाउन भनी १२ चैतमा घरबाट निस्केकी बबई ३ सल्लीकोटनिवासी १४ वर्षीय अनु खत्री सोही स्थानको भ्युटावरनजिकै रहेको वनमा मृत भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार सोमबार बिहान १० बजेतिर प्रहरीले शव फेला पारेको हो। उनको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको छ।

परिवारले घटना शंकास्पद भएकाले सत्यतथ्य छानबिनको माग गरेका छन्। प्रहरीले पनि यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

सुझावित समाचार