राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोग संशोधनविरुद्ध परेका रिटमा बहस सकिएको छ। आजै आदेश आउने सम्भावना रहेको सर्वाेच्च अदालतले जनाएको छ।
न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा गत ९ चैतदेखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ हुँदै आएको छ।
दुई महिनाअघि महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर हटाउने निर्णय गरेको थियो। त्यसविरुद्ध सर्वाेच्चमा रिट परेपछि जिल्ला अदालतहरूमा यससम्बन्धी निर्णय रोकिएका छन्।