रमेश लेखकलाई सरकारी वकिलकाे कार्यालय लगियो

म्याद थपसम्बन्धि प्रक्रियाका लागि प्रहरीले लेखकलाई सरकारी वकिल कार्यालय लगेको हो

आइतबार, १५ चैत, २०८२
डिजिटल संस्करण
रमेश लेखकलाई सरकारी वकिलकाे कार्यालय लगियो

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

२३ भदौको आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले जिल्ला सरकारी वकिलकाे कार्यालय, काठमाडौं लगेको छ।

म्याद थपसम्बन्धी प्रक्रियाका लागि प्रहरीले उनलाई सरकारी वकिलकाे कार्यालय लगेको हो।  एमाले अध्यक्ष केपी ओलीलाई पनि सरकारी वकिल कार्यालय हुँदै अदालतमा उपस्थित गराउने तयारी छ। 

२३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको १२ घण्टामै ओली र लेखक पक्राउ परेका हुन् । प्रहरी टोलीले ओलीलाई भक्तपुर गुन्डुस्थित निवास र पूर्वगृहमन्त्री लेखकलाई भक्तपुरकै कटुन्जेबाट शनिबार बिहानै नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई ‘लापरबाही र हेलचेक्य्राइँ गरी ज्यान मार्न नहुने’ कसुरमा पक्राउ गरिएको र आइतबार अदालतमा पेस गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । 

आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीकै लापरबाहीका कारण युवाहरूको ज्यान गएको निष्कर्षसहित फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ । 

सुझावित समाचार