२४ भदौको घटनाको छानबिन गर्न सरकारले छुट्टै समिति गठन गर्ने

शनिबार, १४ चैत, २०८२
डिजिटल संस्करण

सरकारले २४ भदौमा भएको घटनाको छानबिनका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरेको छ। शुक्रबारको मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय छानबिन समिति एक साताभित्र गठन गर्ने निर्णय गरेको हो । उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

सरकारले २३ भदौको घटनामा मात्र केन्द्रित भएको र २४ भदौका दोषीलाई उन्मुक्ति दिएको टिप्पणी हुन थालेपछि सरकारले त्यससम्बन्धी छुट्टै आयोग गठन गर्न लागेको हो।

२४ भदौमा आन्दोलनको आवरणमा सरकारी र निजी सम्पत्तिमा आगजनी तथा लुटपाट भएको थियो। 
 

See More On

सुझावित समाचार