नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको विरोधसँगै विनासर्त रिहाइको माग गर्दै पोखरामा जनप्रदर्शन गरिएको छ। नेकपा (एमाले) जिल्ला जनसंगठन समन्वय संयन्त्र, कास्कीको आयोजनामा गिरफ्तारीको विरोधमा जनप्रर्दशन गरिएको हो ।
एमाले जिल्ला पार्टी कार्यालयबाट निकालिएको जनप्रदर्शन कार्यक्रम पोखराको पृथ्वीचोकमा पुगेर सम्पन्न भएको थियो।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको प्रतिशोधपूर्ण पूर्वाग्राही एवं गैरकानुनी गिरफ्तारीको विरुद्धमा जनप्रदर्शन कार्यक्रम लेखिएको कालो व्यानरसहित प्ररदर्शनमा उत्रेका पार्टीका नेता एवं कार्यकर्ताले प्रधानमन्त्री र सरकारका विरुद्ध नाराबाजीसँगै कार्की आयोगको प्रतिवेदन मान्दैनौँ, पार्टी अध्यक्ष ओलीलाई विनासर्त तत्काल रिहाइ गर जस्ता नारा लगाएका थिए।
जनप्रदर्शनमा सहभागीहरूले पृथ्वीचोकमा पुगेर कार्की आयोगको प्रतिवेदनसमेत जलाएका थिए।