रवि लामिछानेले तीन महिनाअघि नै स्वर्णिम वाग्लेलाई भनेका थिए– डाक्टर साहब बजेट लेख्न सुरु गर्नुस्

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

देशका कहलिएका अर्थविद् डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन्। रास्वपाका उपसभापतिसमेत रहेका वाग्लेलाई चुनावअघिदेखि नै भावी अर्थमन्त्रीका रूपमा प्रचार गरिएको थियो। 

पार्टी सभापति रवि लामिछानेले त तीन महिनाअघि नै आगामी वर्षको बजेट लेख्ने काम सुरु गर्न भनेका थिए। २१ पुसमा राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकतासम्बन्धी कार्यक्रममा लामिछानेले भनेका थिए– देशभरबाट जुन उत्साह र ऊर्जा रास्वपाप्रति देखिएको छ, त्यसलाई हेरेर यतिचाहिँ भन्न सक्छु– डाक्टर साहब, आउने वर्षको बजेट लेख्न सुरु गर्नुहोस्। अन्ततः लामिछानेले भनेअनुसार नै रास्वपाले बहुमत ल्यायो र वाग्ले अर्थमन्त्री बनेका छन्। लामिछानेले पनि आफ्नो वाचा पनि पूरा गरेका छन्। 

अर्थमन्त्री भएसँगै अब देशमा परिवर्तन देखिने गरी नयाँ बजेट लेखनमा लाग्नुपर्ने जिम्मेवारी छ । संविधानअुनसार १५ जेठमा बजेट ल्याउनुपर्ने हुन्छ । दुई महिना मात्र बाँकी रहेकाले नयाँ बजेटको तयारीमा उनी केन्द्रित हुनुपर्नेछ। 

डा. वाग्लेले यसअघि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर काम गरिसकेका छन्। 

सुझावित समाचार