सल्यानमा आज सात घण्टा विद्युत् सेवा अवरुद्ध हुने

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

प्रसारणलाइन सुदृढीकरण गर्ने भन्दै आज सल्यानमा सात घण्टा विद्युत् सेवा अवरुद्ध गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरण, सल्यान वितरण केन्द्रका अनुसार ३३ केभी प्रसारणलाइनको तुलसीपुर–कपुरकोट–श्रीनगर–बागचौरका विभिन्न स्थानमा रुख, बिरुवा तथा बाँसले लाइन छोएका कारण ‘बुस कटिङ’ कार्य गर्न लागिएको हो ।

बुस कटिङका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जिल्लाभर विद्युत् सेवा बन्द गरिने सल्यान वितरण केन्द्रले जनाएको छ । केन्द्रले एक सूचना जारी गर्दै प्रतिकूल मौसम र हावाहुरीका कारण बारम्बार लाइन अवरुद्ध हुने समस्या देखिएकाले सेवा नियमित र भरपर्दो बनाउन मर्मत तथा सरसफाइ अभियान सञ्चालन गर्न लागिएको जनाएको छ । 

कार्य सम्पन्न हुने समयअनुसार विद्युत् सेवा छिटो वा ढिलो सञ्चालन हुन सक्ने पनि जनाइएको छ ।  
 

सुझावित समाचार