शुक्रबार प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह(बालेन)को शपथसँगै मन्त्रिमण्डल पनि गठनको तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी जुटेको छ। मन्त्रीको नाम छान्ने पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह छलफलमा छन्।
विज्ञताका आधारमा मन्त्री छान्ने गरी अन्तिम छलफल भइरहेको रास्वपाका एक नेताले बताए। सभापति रवि लामिछानेले क्षमताको आधारमा मन्त्री चयन हुने भएकाले कतै लबिङ र मिडियाबाजी नगर्न यसअघि निर्देशन दिइसकेका छन्।
रास्वपाको बैठकले बालेनलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ। प्रधानमन्त्रीको रूपमा उनको शुक्रबार १२ः ३४ मा शपथ कार्यक्रम तय भएको छ। उनको शपथलगत्तै मन्त्रीहरूको शपथ हुनेछ।