नेप्सेमा आज दोहोरो अंकको गिरावट

बुधबार, ११ चैत, २०८२
डिजिटल संस्करण

साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा पुगेको हो।

आज कुल ३४५ कम्पनीका तीन करोड ५८ लाख १९ हजार ८२९ कित्ता सेयर १५ अर्ब नाै करोड चार लाख १६ हजार ८४६ रुपैयाँमा कारोबार भएका छन्। कारोबार रकम उच्च रहे पनि बजार समग्रमा ओरालो लागेको देखिएको छ।

उत्पादन तथा प्रशोधन र ट्रेडिङ क्षेत्रबाहेक सबै क्षेत्रका सूचक घटेका छन्, जसले बजारमा व्यापक दबाब रहेको संकेत गर्दछ।

See More On

सुझावित समाचार