संविधान र विद्रोहको मर्मअनुसार काम गर्न रास्वपालाई गगनको शुभेच्छा

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण
संविधान र विद्रोहको मर्मअनुसार काम गर्न रास्वपालाई गगनको शुभेच्छा

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुविधाजनक बहुमतका लागि रास्वपालाई बधाई दिएका छन्।

मंगलबार सानेपामा जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले रास्वपा र रास्वपा नेतृत्वलाई शुभकामना दिएका हुन्।

‘यो निर्वाचनबाट सुविधाजनक ढंगले पाँच वर्षको निम्ति सरकार सञ्चालन गर्ने जुन म्यान्डेट राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ, म पार्टीको तर्फबाट, व्यक्तिगत रूपमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई, नेतृत्वलाई हार्दिक बधाई दिन चाहन्छु,’ थापाले भने।

संविधान र विद्रोहको मर्मअनुसार सरकार सञ्चालन गर्न आग्रह गर्दै उनले भने, ‘संविधानको मर्म र भावनाअनुसार र नवजवानको विद्रोहको मर्मअनुसार उहाँहरूले यो कार्यकालमा सफलतापूर्वक सरकार सञ्चालन गर्नुहुन्छ भन्ने शुभेच्छा पनि प्रकट गर्न चाहन्छु।’
 

सुझावित समाचार