भायानेटले ल्यायो अत्याधुनिक वाइफाई–६

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण

इन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले अत्याधुनिक वाइफाई–६ प्याकेज ल्याएको छ । कम्पनीले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नलजस्ता समस्यालाई समाधान गर्न प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको हो । यसले घरभित्र धेरै उपकरण एकैसाथ चलाउनुपर्ने अवस्थामा पुरानो प्रविधिको तुलनामा चार गुणाभन्दा बढी कार्यक्षमता प्रदान गर्नेछ । 

भायानेटले ग्राहकका लागि २५० एमबिपिएसदेखि ६ सय एमबिपिएससम्मको उच्च गतिको वाइफाई–६ प्याकेज उपलब्ध गराएको छ । जसमध्ये २५० एमबिपिएस गतिको वार्षिक योजना १३ हजार आठ सय रुपैयाँमा प्राप्त गर्न सकिनेछ ।

यस्तै, वार्षिक ग्राहक बन्नेले थप एक महिनाको इन्टरनेट सेवा नि:शुल्क प्राप्त गर्ने कम्पनीको भनाइ छ । घरभरि समान रूपमा इन्टरनेट सिग्नल पुर्याउन कम्पनीले ३५ सयमा वाइफाई–६ मेस राउटरको विकल्प पनि ल्याएको छ । साथै, कम्पनीले पुराना ग्राहकका लागि अपग्रेड प्रक्रियालाई पनि निकै सहज र किफायती बनाएको छ । 

See More On

सुझावित समाचार