रामेछापमा सवारी दुर्घटना हुँदा ६ जना घाइते, तीनको अवस्था गम्भीर

सोमबार, ९ चैत, २०८२
डिजिटल संस्करण

रामेछापको खाँडादेवी गाउँपालिका– ७, खाँडादेवीबाट यात्रु लिएर काठमाडौंतर्फ हिँडेको बागमती प्रदेश ०८–००१ ज ०२२४ नम्बरको गाडी दुर्घटना भएको छ।

सोमबार खाँडादेवी– ६ माकादुममा भएको दुर्घटनामा परी गाडीमा सवार ६ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर रहेका अन्दाजी ६० वर्षीया ठुली तामाङ, अन्दाजी ४५ वर्षीया रिता तामाङ र अन्दाजी ४८ वर्षीया सुनमाया तामाङलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

सामान्य घाइते भएका थप दुईजनालाई पनि सँगै उपचारका लागि काठमाडौं पठाएको खाँडादेवी– ६ का वडाध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए। सकुशल रहेका चालक अन्दाजी २५ वर्षीय किशोर कार्कीलाई इलाका प्रहरी कार्यालय चोप्राङले नियन्त्रणमा लिएको छ।

गुड्दै गरेको गाडी अकस्मात् सोही सडकमा पल्टिएको थियो। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

सुझावित समाचार