१६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति

सोमबार, ९ चैत, २०८२
डिजिटल संस्करण

खानी तथा भूगर्भ विभागले टुर्मालिन, टल्क, क्वार्ज, मार्बल, फलाम, जिंकलगायत १६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति दिएको छ। विभागले हालसम्म १६६ कम्पनीलाई अनुमति प्रदान गरेको जानकारी दिएको छ।

सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार, अनुमति दिने क्रममा वातावरणीय प्रभाव, स्थानीय लाभ र राजस्व संकलन सुनिश्चित गरिनेछ। तर, भौगोलिक विकटता, पूर्वाधार अभाव, आधुनिक प्रविधि र पुँजीको कमीले नेपालमा खनिज सम्पदाको पर्याप्त विकास हुन सकिरहेको छैन।

करिब १०० चुनढुंगा खानीले पनि उत्खनन अनुमति पाएका छन्। अधिकांश खनिज दुर्गम स्थानमा भएकाले उत्खनन र ढुवानी चुनौतीपूर्ण रहेको छ।

सुझावित समाचार