पाम र एमएमएसी टिम च्याम्पियन

सोमबार, ९ चैत, २०८२
डिजिटल संस्करण

बन्दी सहायता नियोग (पाम) र एमएमएसी नेकोस आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको टिम च्याम्पियन बनेका छन् । पाम जुनियर तथा एमएमएसी क्याडेटमा च्याम्पियन बनेका हुन् । प्रतियोगितामा पामले चार स्वर्ण र एक रजत पदक जित्यो । दुई स्वर्णका साथ बंगलादेश क्रिरा शिखा प्रतिष्ठान दोस्रो भएको छ ।

दाङ जुडो एक स्वर्ण र तीन रजतसहित तेस्रो भएको छ । नेपाल खेलकुद महासंघ (नेकोस)अन्तर्गत राष्ट्रिय जुडो संघ नेपालद्वारा आयोजित प्रतियोगिताको क्याडेटमा टिम च्याम्पियन बनेको एमएमएसीले ६ स्वर्ण, पाँच रजत र आठ कांस्य हात पार्यो । पाँच स्वर्ण, तीन रजत र चार कांस्यसहित पाम दोसो स्थानमा रह्यो । पेल्खिल डोजो क्लब भुटानले तस्न स्वर्ण, एक रजत र दुई कांस्य हात पारी तेस्रो स्थान रक्षा गरेको छ । 

प्रतियोगितामा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रो स्थान हात पार्ने टोलीले पाँच हजार रुपैयाँ पाएको आयोजकले जनाएको छ । जुनियर पुरुषमा पामका सविनकुमार दियाली तथा महिलामा बंगलादेशकी फबिहा बुस्रा उत्कृष्ट खेलाडी घोषित भए । क्याडेटको पुरुषमा एमएमएसीका प्रिन्स विक तथा महिलामा पेल्खिल भुटानकी तान्डिन दोर्जी वाङ्मो उत्कृष्ट खेलाडी चुनिए । प्रतियोगिताको अन्तिम दिन आइतबार जुनियरतर्फ नौ स्पर्धाका फाइनल भए । जुडोका संस्थापकमध्येका एक खड्गबहादुर दाहाललाई २५ हजार नगदसहित सम्मान गरिएको थियो ।

सुझावित समाचार