पाटन दरबार संग्रहालयमा पहिलो अन्तर्राष्ट्रिय ताइची दिवस मनाइएको छ । नेपाल ताइची छ्वान महासंघ चाइना कल्चर सेन्टर र नेपाल अरनिको समाजले संयुक्त रूपमा आइतबार चाइची दिवस मनाइएको हो । जसमा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले ताइची कला प्रदर्शनी गरेका थिए ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिताका स्वर्ण विजेता आङबाबु लामा, दोस्रो ताइची अन्तर्राष्ट्रिय प्रतियोगिताका रजत विजेता सुनिज श्रेष्ठ र आमिर लामाको ४२ फर्मको प्रस्तुत गरेका थिए । साफका रजत विजेता खेलाडी मचारत्न महर्जनको ताइची सोर्ड प्रदर्शन विशेष देखिएको थियो ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपालमा ताइची खेलका संस्थापक कर्मा लामालाई सम्मान गरे । मेयर महर्जनले नागरिकलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउने ताइची खेललाई विस्तार गर्न महानगरपालिकाबाट सहयोग हुने बताए ।