जेन–जी आन्दोलनका भागेका थुनुवा पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, लाटीकोइलीका १८ वर्षीया गोविन्द थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोही ठाउँबाट पक्राउ गरेको हो।
थापालाई आइतबार पक्राउ गरेको र भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा बाल सुधारगृह नौबस्ता बाँकेबाट भागेर फरार रहेका थिए।
विगतमा उनी लागुऔषध मुद्दामा मुद्दाको थुनुवा रहेका र जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको सम्बन्धित बाल सुधारगृह पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।