वीरगन्ज महानगरपालिकाको भानुचोकमा रहेको एक लजमा आइतबार बिहान झुन्डिएको अवस्थामा एक भारतीय दम्पती फेला परेका छन्। नवदुर्गा लजमा तीन दिनदेखि बस्दै आएका भारतीय दम्पती झुन्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार ४० वर्षीय श्रीमान् र ३५ वर्षीया श्रीमती लजको रुममा झुन्डिएको अवस्थामा देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। अहिलेसम्म उनीहरूको सनाखत भने हुन नसकेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार दम्पतीको शवलाई नारायणी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।