सवारी दुर्घटनाबाट पर्सामा आठ महिनामा १४ जनाको मृत्यु

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८२/८३ को आठ महिनामा पर्सामा सवारी दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार नाै पुरुष र पाँच महिला गरी १४ जनाले ज्यान गुमाएका हुन्।

सवारी दुर्घटनामा ज्यान गुमाउनेमा अधिकांश मोटरसाइकलचालक र पछाडि सवार भएकाहरू छन्। युवा उमेरका चालकले अनियन्त्रित गतिमा क्षमताभन्दा बढीका मोटरसाइकल चलाएका कारण दुर्घटनामा पर्ने गरेको प्रहरी निरीक्षक युवराज कटुवालले बताए।

उनका अनुसार गत आर्थिक वर्ष ०८१/८२ मा सवारी दुर्घटनामा परी जिल्लामा ४७ जनाले ज्यान गुमाएका थिए। जसमा दुई बालबालिकासहित ४२ पुरुष र तीन महिला छन्। अघिल्लो वर्षको तुलनामा यो वर्ष ज्यान गुमाउनेको संख्या घटे पनि समग्रमा प्रत्येक महिना नागरिकले ज्यान गुमाएका देखिन्छ।

आर्थिक वर्ष ०८०/८१ मा ४३ पुरुष, सात महिला र एक बालिका गरी ५१ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कटुवालका अनुसार आव ०७९/८० मा ३९ जनाको मृत्यु भएको देखिन्छ। जसमा २९ पुरुष, पाँच महिला र पाँच बालबालिका छन्। यसैगरी, आव ०७८/७९ मा ३० पुरुष, दुई महिला र ६ बालबालिका गरी ३८ जनाले ज्यान गुमाए।

सुझावित समाचार