आइतबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से ५४.५१ अंकले वृद्धि भएर दुई हजार ९३१.५५ विन्दुमा कायम भएको छ। आज सेयर बजार परिसूचक १.८९ प्रतिशतले उकालो लागेको हो।
आइतबार ३६४ कम्पनीका ६ करोड १४ लाख सात हजार कित्ता सेयर २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँबराबरमा किनबेच भएको छ। अघिल्लो दिन पौने २१ अर्बभन्दा बढीको सेयर खरिद–बिक्री भएको थियो।
आज व्यापार समूह ०.११ प्रतिशतले घट्दा बाँकी सबै समूहको सूचकमा वृद्धि देखिएको छ। लघुवित्त सर्वाधिक ४.२१ प्रतिशतले बढ्दा होटेल तथा पर्यटन ३.०५ एवं बैंक, विकास बैंक, वित्त, जीवन बिमा र निर्जीवन बिमा दुई प्रतिशतभन्दा धेरैले उकालो लागेका छन्।
६ कम्पनीमा सकारात्मक सर्किट
आइतबार १८३ वटा धितोपत्रको मूल्य उकालो लाग्दा ७३ वटाको मूल्यमा मात्र गिरावट आएको छ। ६ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट विकास बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो।
सर्वाधिक घटेको एनआइसी एसिया ब्यालेन्सड फन्डका लगानीकर्ताले पाँच प्रतिशतभन्दा धेरै गुमाएका छन्। सुपर मादी तीन तथा श्रीनगर एग्रिटेक, पिपल्स हाइड्रोपावर र घलेम्दी हाइड्रो दुई प्रतिशतभन्दा धेरैले गिरावट भएको छ।