राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। सभाका अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बैठक बसेको हो।

बैठकमा आगामी अधिवेशनको पूर्वतयारी, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरूको समिति विभाजनलगायतका विषयमा छलफल भइरहेको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतक, सचेतक र प्रतिनिधिहरूको सहभागिता रहेको छ।

सुझावित समाचार