सन् १९७७ : १६ देखि २० मार्चबिच भएको छैटौँ लोकसभा निर्वाचनमा पराजित भएपछि इन्दिरा गान्धीले प्रधानमन्त्री पदबाट राजीनामा दिइन् । निर्वाचन इन्दिराले
लागू गरेको आपत्काल अन्त्यलगत्तै भएको थियो ।
सन् १७६५ : बेलायतको सदनले स्ट्याम्प एक्ट पारित गर्यो, यो अमेरिकी उपनिवेशमाथि लागू गरिएको पहिलो प्रत्यक्ष कर थियो ।
सन् १९१७ : रुसमा राजतन्त्र अन्त्यपछि स्थापित अन्तरिम सरकारलाई मान्यता दिने अमेरिका पहिलो देश बन्यो ।
सन् १९४६ : विश्वमा पहिलोपटक रकेट पृथ्वीको वायुमण्डलभन्दा माथि पुग्यो । अमेरिकाले ह्वाइट स्यान्डबाट प्रक्षेपण गरेको उक्त रकेट ५० माइलमाथिको उचाइसम्म पुगेको थियो ।
सन् १९५८ : साउदी अरबका राजा साउदले राजदरबारका शीर्ष सदस्य र धार्मिक गुरुहरूको दबाबसामु झुक्दै फैजललाई प्रधानमन्त्री बनाए । ६ वर्षपछि उनै फैजलले साउदलाई अपदस्थ गरेर आफैँ राजा भए ।
सन् १९६५ : अमेरिकाले भियतनाम युद्धका क्रममा प्रतिद्वन्द्वी फौजविरुद्ध रासायनिक हतियार प्रयोग गरेको स्वीकार गर्यो ।
सन् १९९४ : इराकी मूलकी ब्रिटिस आर्किटेक्ट जहा हदिदले आर्किटेक्ट क्षेत्रको सर्वोच्च पुरस्कार प्रिजकर पुरस्कार पाइन् ।
सन् २०१८ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० अर्ब डलरबराबरको चिनियाँ आपूर्तिमा कर लगाए ।
सन् २०२२ : नेदरल्यान्डको ‘भ्रिज युनिभर्सिटेइट एम्सटरडम’ले सञ्चालन गरेको नयाँ अनुसन्धानमा पहिलोपटक मानिसको रगतमा ‘माइक्रोप्लास्टिक’ (प्लास्टिकको सूक्ष्म कण) भेटियो ।