लगातारको वर्षापछि रोशीखोलामा आएको बाढीले बिपी राजमार्ग अस्थायी डाइभर्सन बगाएपछि सडक अबरुद्ध भएको छ । बिपी राजमार्ग काभ्रे खण्ड पूर्णरुपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आज बिहान बिपी राजमार्ग अर्न्तगत रोशी गाउँपालिकाको विभिन्न स्थानमा रोशी खोलाको बाढीले क्षती पुर्याएपछि सडक अबरुद्ध रहेको छ ।
रोशी गाउँपालिकाको विभिन्न सडक खण्ड चारसयबेशी, गिम्दीबेशी, दाउन्ने र कालढुङ्गा स्थित बिपी राजमार्गमा अबिरल बर्षाको कारण रोशी खोलाको पानिको बहाव बढी डाइभर्सनमा बाढी पसेकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गत बर्ष आएको बाढीले क्षतीग्रस्त बिपी राजार्ग पुन:निर्माण भईरकोको कारण रोशीखोलाको किनारै किनार सडक डाइभर्सन खुलाएको थियो । उक्त डाइभर्सन बाढीले बगाएर सडक अबरुद्ध भएको हो । बिपी राजमार्ग भकुण्डेबेशीदेखि सिन्धुलिको नेपालथोकसम्म विभिन्न ४ खण्डमा ठेक्का आह्वान गरी निर्माण कार्य भईरहेको छ ।
सम्बन्धित निकायबाट सडक खुलाउने कार्य भइरहेको हुँदा सबैलाई सडकको अवस्थाबारे बुझेर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अनुरोध गरेकाे छ ।