अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध जितेको दाबी गरेका छन्। सामाजिक सञ्जाल ट्रुथमार्फत ट्रम्पले इरान युद्धमा ‘सैन्य जित’ भएको दाबी गरेका छन्।
युद्धमा साथ नदिएकोमा नेटोलाई ‘कायर’को संज्ञा दिँदै चर्काे आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘अमेरिकाविनाको नेटो कागजी बाघ हो।’
स्ट्रेट अफ हर्मुज खुलाउन पहल नगरेको र तेलकाे मूल्य बढेकोमा मात्र गुनासाे गरेको ट्रम्पको आरोप छ।
इरानसँग अमेरिका र इजरायल युद्धको तीन साता नाघिसकेको छ। युद्धका कारण विश्वकै जनजीवन प्रभावित भइसकेको छ। तर, अझै तत्काल युद्ध रोकिने भने सम्भावना देखिएको छैन।
इरानले न्युक्लियर शक्ति वृद्धि गरेको विरोधमा अमेरिका र इजरायलले गत २८ फेब्रुअरीमा आक्रमण गरी त्यहाँका सर्वाेच्च नेता अली खामेनीलगायतको हत्या गरेका थिए। त्यसको जवाफमा इरानले अमेरिकाको सैन्य बेस रहेका मध्यपूर्वका देशहरूमा जवाफी हमाला गरिरहेको छ।