रक्षा बममाथि दुर्व्यवहार भएको भन्दै जेन–जीको एक समूहद्वारा भर्त्सना

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

जेन–जीको एक समूहले रक्षा बममाथि दुर्व्यवहार गरेको भन्दै भर्त्सना गरेको छ । बिहीबार माइतीघरमा भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष जाँचबुझ गर्न गठित छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै नेपाल जेन–जी फ्रन्टसहित विभिन्न जेन–जी समूहको आह्वानमा भएको शान्तिपूर्ण प्रदर्शनमा बममाथि दुर्व्यवहार भएको भन्दै भर्त्सना गरेको हो । 

नेपालको संविधानले प्रत्येक नागरिकलाई विनाहातहतियार शान्तिपूर्वक भेला हुने तथा विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको र संवैधानिक अधिकारको प्रयोग गर्दै सत्य र न्यायको आवाज उठाइरहेकी एक आन्दोलनकारीमाथि यसप्रकारको आक्रमण एक सभ्य लोकतान्त्रिक समाजमा कदापि सह्य हुन नसक्ने बताए । 

सुझावित समाचार