प्रहरीलाई सर्वोत्तम–जगदम्बा सिमेन्टले दिए अत्यावश्यक सामग्री

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले नेपाल प्रहरीलाई अत्यावश्यक सामग्री सहयोग गरेका छन् । यी दुई कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तिनकुनेस्थित सुविधानगरमा नवनिर्मित प्रहरी वृत्त, नयाँबानेश्वरलाई अत्यावश्यक सामग्री दिएका हुन् ।

कम्पनीले कम्प्युटर, एयर कन्डिसनर, प्रिन्टर, फ्रिज तथा क्यामरालगायतका सामग्री प्रहरी नायब उपरीक्षक राजकुमार सिंहलाई कम्पनीका निर्देशक टीकाराम न्यौपाने तथा दिवस न्यौपानेले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् । 

समाजप्रति उत्तरदायी रहँदै सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताइएको छ । यस सहयोगले प्रहरी कार्यालयको सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । सर्वोत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टले विगतदेखि नै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका छन् । आगामी दिनहरूमा पनि यस्ता पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सर्वाेत्तम सिमेन्टले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओपिसी र सौरभ ग्रिन पिपिसी ब्रान्डका सिमेन्ट उत्पादन तथा बिक्री–वितरण गर्दै आइरहेको छ । यस्तै, जगदम्बाले पनि ४३ र ५३ ग्रेडको अल्ट्रा ओपिसी सिमेन्ट र जगदम्बा पिपिसी सिमेन्ट उत्पादन र वितरण गर्दै आएको छ । 
 

See More On

सुझावित समाचार