नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले दिए राजीनामा

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । तरुण दलको विधान २०१० संशोधनसहित धारा ४ को (ख) अनुसार ४५ वर्ष नाघेको व्यक्ति सदस्य रहन नमिल्ने प्रावधान रहेकाले उमेर हदका कारण पदमा बसिरहन उपयुक्त नहुने र हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङका दुवै निर्वाचन क्षेत्रबाट आफ्ना उम्मेदवारहरूलाई जिताउन नसकिएकोले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको बताएका छन् । 

०६४ सालदेखि तरुण दल धादिङको नेतृत्वमा सक्रिय रहँदै आएका थिए । संस्थापक सदस्य, जिल्ला सदस्य हुँदै अध्यक्षमा लामो समय जिम्मेवारी बहन गर्दै आएका उनले ०८२ चैत ५ गते केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । 

आफ्नो कार्यकालमा संगठनका सदस्यहरू वडादेखि केन्द्र र संसददेखि मन्त्रीसम्म देख्न पाउँदा खुसी लागेको उनले बताए । तरुण दलका अन्य साथीहरूलाई पनि तरुण दलको विधि र विधान तथा सिद्धान्तको आधारमा अझै संस्थालाई उचाइमा लैजान योगदान गर्ने अपेक्षा रहेको उनले बताए ।  
 

सुझावित समाचार