रामकृष्ण ढकालनिर्मित ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको चलचित्र ‘मालती मंगले’को शीर्षगीत ‘सुनैको सपनी’ एक विशेष कार्यक्रमबिच सार्वजनिक गरिएको छ।

आगामी वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द, उज्ज्वल सागरको संगीत तथा स्वयं ढकाल र रचना रिमालको स्वर रहेको छ। उदयराज पौडेलले एरेन्ज गरेको यो गीतले एउटा विशुद्ध ग्रामीण प्रेमकथाको भाव बोकेको छ।

गीत सार्वजनिक कार्यक्रममा निर्माता ढकालले गीतका संगीतकार उज्ज्वल सागरलाई आफ्नो हस्ताक्षरसहितको एउटा गितार उपहारस्वरूप प्रदान गरेका थिए। 

प्रकु पाण्डेयको डेब्यु निर्देशन रहेको यो फिल्म रानी फिल्म्सको ब्यानरमा निर्माण भएको हो। सागर ज्ञवाली कार्यकारी निर्माता रहेको चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका हुन्।

चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा देखिएका छन्। चलचित्रका छायाकार महेश पौडेल हुन् भने सम्पादन रोमी मोजेजको, रंग संयोजन कृष्ण भण्डारीको, ध्वनि मिश्रण डिकेश खड्गीको रहेको छ। चलचित्रको डिजिटल वितरक ओएसआर डिजिटल तथा थिएटर वितरक आरआर फिल्म्स हो।

सुझावित समाचार