२१ फागुनको निर्वाचनपछि संघीय संसद् सचिवालयले बोलाएको पहिलो सर्वदलीय बैठक सुरु भएको छ। नवनिर्वाचित सांसदहरूको शपथ, संसदीय दलको कार्यालय व्यवस्थापन, आगामी अधिवेशन तयारीलगायत विषयमा छलफल गर्न महासचिव पद्मप्रसाद पाण्डेयले बैठक बोलाएका हुन् ।
बैठकमा ६ वटै दलका प्रतिनिधि छन् ।