क्युबामा लगातार २९ घण्टा लोडसेडिङ

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

क्युबामा मंगलबार साँझ ६ बजेबाट २९ घण्टा लामो देशव्यापी लोडसेडिङ सुरु भएको छ । क्युबाले पाउने सम्पूर्ण इन्धन आपूर्ति बन्द गर्ने अमेरिकी कदमका बिचमा क्युबा अहिले गम्भीर ऊर्जा संकटसँग जुधिरहेको छ ।

अमेरिकाले भेनेजुएलामा निकोलस मदुरोलाई पक्राउ गरेपछि त्यहाँबाट क्युबा जाने तेल आपूर्ति कटौती गर्दै अन्य देशलाई पनि ढुवानी बन्द गर्न दबाब दिएको छ । देशका प्राय: विद्युत् उत्पादन गर्ने संयन्त्र डिजेलबाट चल्ने भएकाले लामो लोडसेडिङ भइरहेको छ । पर्याप्त बिजुली उत्पादन नभएकाले बिजुलीको अभाव जारी रहन सक्ने औँल्याइएको छ । 

सोमबारदेखि सुरु भएको समस्या अहिलेसम्मकै लामो भए पनि राजधानी हवानासहित अधिकांश क्षेत्रमा दैनिक १६ घन्टासम्म लाइन काटिनु सामान्य भएको छ । क्युबालाई तेल बिक्रीमा कडाइ गर्नुका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको कम्युनिस्ट शासन अन्त्य गर्न दबाब दिइरहेका छन् । उनले वर्तमान शासक आफ्नो मागसामु नझुके सोमबार सो टापु देशमाथि जे पनि गर्न सक्ने चेतावनी दिएका छन् । क्युबा र अमेरिकाले अहिलेको संकट कम गर्ने उद्देश्यले वार्ता सुरु गरेका छन् । तथापि, दुवै पक्षले जारी वार्ताको विवरण सार्वजनिक गरेका छैनन् । 

See More On

सुझावित समाचार