गण्डकी प्रदेश क्रिकेट संघले अस्ट्रेलियाको प्रतिष्ठित शैक्षिक संस्था भिटोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी, मेलबर्नलाई आफ्नो टाइटल स्पोन्सरको रूपमा घोषणा गरेको छ।
बुधबार पोखरामा आयोजित एक कार्यक्रमका बिचमा यो सम्झौता भएको हो। यस सम्झौताले गण्डकी प्रदेशमा क्रिकेटको दीर्घकालीन विकास, प्रतिभा पहिचान तथा संरचनागत सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याउने विश्वास गरिएको छ।
यसै कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गण्डकीको पुरुष तथा महिला टोलीका लागि नयाँ जर्सी अनावरण थिए। कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का सदस्य सुदीप शर्माको पनि उपस्थिति थियो।
इन्स्टिच्युटको प्रमुख प्रायोजनमा बनेको जर्सी गण्डकी पुरुष टिमले शनिबारबाट सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रयोग गर्नेछ।