संखुवासभामा हेलिकोप्टरबाट एक सुत्केरी महिलाकाे उद्वार गरिएकाे छ। आज बुधबार दिउँसाे करिब साढे ४ बजे जिल्लाकाे मकालु गाउँपालिका-१, वालुङ घर भएकी २८ वर्षकी सरू राईलाई सुत्केरी बेथा लागेर अवस्था गम्भीर भएपछि उद्धार गरिएकाे संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन्।
उनकाा अनुसार जिल्ला अस्पतालमा बुधबार बिहान करिब ५ बजे अपरेसन गरी छाेरीकाे जन्म दिएकाे, तर आमालाई अत्यधिक रक्तस्राव भएपछि अवस्था गम्भीर भएकाले नेपाली सेनाकाे हेलिकोप्टरबाट काठमाडौं प्रसूति गृह थापाथली पठाएकाे प्रजिअ थपलियाकाे भनाइ छ। उनी मंगलबार जिल्ला अस्पतालमा भर्ना भएकी थिइन्।
सुत्केरी महिलाकाे राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरिएको हाे।