कृत्रिम बुद्धिमत्ता (एआई) ले पहिले नै दैनिक जीवनका धेरै क्षेत्रलाई असर गरिरहेको छ, जसमा साना बालबालिकाको जीवन पनि समावेश छ । धेरै परिवारले दुई वर्षमुनिका बालबालिकालाई स्क्रिन हेर्न अनुमति दिन्छन् । लोकप्रिय ‘युट्युब किड्स च्यानल’मा एआई–निर्मित सामग्री बढ्दै गइरहेको छ र यो स्वचालित रूपमा ‘प्ले’ हुन्छ ।
प्रायः अभिभावकले आफ्ना बच्चाले अनलाइनमा देखेका सबै कुरा निगरानी गर्न भ्याउँदैनन् । केही एआई–निर्मित सामग्री साना बालबालिकाका लागि डरलाग्दा र आकर्षक दुवै हुन सक्छन् । यस्ता सामग्रीमा आकर्षक जनावर र पात्र प्रयोग गरेर हिंसा र यौनजन्य सामग्रीसमेत पस्किएको हुने गर्छ । प्रारम्भिक बाल्यकाल शिक्षा केन्द्रले पनि सिकाइलाई समर्थन गर्न एआई प्रयोग गरिरहेका छन् । विशेषगरी, भिन्न तरिकाले विकास भएका बच्चा वा भिन्न क्षमताका बालबालिकाका लागि यस्ता सामग्री प्रयोग गरिएको पाइन्छ । यसमा ती व्यक्ति समावेश छन्, जो सजिलै बोल्न सक्दैनन् वा जसलाई अटिजम वा बौद्धिक अशक्ततासँग सम्बन्धित अन्य सञ्चार समस्या छ ।
अमेरिकामा धेरै अभिभावकले आफ्ना बच्चाले स्कुलको कामका लागि एआई प्रयोग गरिरहेका छन् । प्रारम्भिक बाल्यकाल केन्द्र, विद्यालय र अभिभावकलाई बालबालिकामा एआई प्रयोग गर्न जुन प्रोत्साहन गरिएको हुन्छ, त्यो केबल छोटो अवधिको अध्ययनमा आधारित छ, तर दीर्घकालीन प्रभाव अज्ञात छन् । अर्थात्, जुन अध्ययनमा खुट्टा टेकेरे बालबालिकालाई एआई सामग्री प्रदान गरिएको छ, त्यसको आधार पूर्ण छैन । एआईले साना बच्चालाई कसरी असर गर्न सक्छ भनेर जान्नका लागि एक मात्र तरिका राम्रोसँग डिजाइन गरिएको लामो र बृहत् अध्ययन आवश्यक छ । तर, बलियो प्रमाण देखा पर्दा एआईमा सम्पूर्ण पुस्ताको उजागर भइसकेको हुनेछ र यदि त्यहाँ साँच्चै हानिकारक प्रभाव छन् भने यी अपरिवर्तनीय हुन सक्छन् ।
बालबालिकाले परिवार वा साथीभाइसँग वास्तविक जीवनमा संलग्नताभन्दा एआईसँगको साथलाई प्राथमिकता दिने सम्भावना बढ्छ । साना बच्चालाई वास्तविकताबाट काल्पनिकता छुट्याउन गाह्रो लाग्छ ।
एआईको सम्भावित प्रभावबारे पहिले नै केही खतराको घन्टी बजिसकेको छ । न्युजिल्यान्डको अनुसन्धानले प्रारम्भिक बाल्यकालमा स्क्रिनको उच्च प्रयोगलाई कमजोर भाषा, सामाजिक र सम्बन्धगत कार्यसँग जोडेर देखाएको छ । धेरै बच्चाहरू स्क्रिन प्रयोग गर्न मन पराउँछन् । एआई पनि त्यस्तै रूपमा पुरस्कृत हुने सम्भावना छ, किनभने एआई मोडेल अनन्त धैर्यवान् हुन्छन्, तपाईंको रोजाइका विषयमा तुरुन्तै प्रतिक्रियाशील हुन्छन् र केही माग गर्दैनन् जस्तो देखिन्छ ।
प्रारम्भिक बाल्यकालमा एआईको लत
सबै स्तनधारी प्राणीजस्तै मानव शिशु जैविक प्रक्रियाद्वारा बाँधिएका हुन्छन् र अरूसँग घनिष्ठ शारीरिक सम्बन्धमा सामाजिक समूहमा विकसित भएका छन् । बालविकासबारे हामीले जानेका सबै कुराले आमनेसामने सम्बन्धको महत्वलाई प्रकाश पार्छ । बालबालिकाले आफ्ना सबै इन्द्रियमार्फत आफ्नो र संसारबारे सिक्छन् । तिनीहरूले ‘सेवा र फिर्ता’ अन्तत्र्रिmयामार्फत कुराकानी गर्न सिक्छन् । उनीहरू र उनीहरूको हेरचाहकर्ताबिच आदानप्रदान गर्छन् । यसमा शारीरिक स्पर्श, भावना र खेल समावेश छ । सामूहिक रूपमा यी अन्तर्क्रियाले मस्तिष्कको वास्तुकलालाई आकार दिन मद्दत गर्छन् । जीवनका पछिल्ला केही वर्षमा उनीहरूको अनुभवको आधारमा बच्चाले घनिष्ठ सम्बन्धले कसरी काम गर्छन् भन्ने नमुना वा दृष्टिकोण बनाउँछन् ।
बच्चाहरूले ‘प्रि–स्कुल’ अवधिमा भावनात्मक नियमन, सान्त्वना खोज्ने, प्राप्त गर्ने र द्वन्द्व समाधानबारे पनि सिक्छन् । यस क्रममा उनीहरूको दिमाग विकसित भइरहेको हुन्छ र उनीहरूलाई जीवनभर राम्रोसँग काम गर्न राम्रो अनुभव आवश्यक पर्छ । यदि उनीहरूको शारीरिक, मानसिक र भावनात्मक प्रणाली विकास भइरहेका वेला बालबालिकाहरू एआईको सम्पर्कमा आए भने उनीहरूको मानव सम्बन्धको क्षमतामा कस्तो प्रभाव पर्छ भन्ने हामीलाई अझै थाहा छैन ।
दीर्घकालीन एआई एक्सपोजरले बालबालिकाको अन्य मानिसबारे बुझाइलाई कसरी असर गर्न सक्छ भन्ने कुरा स्पष्ट छैन । बाल्यकालमा सामान्य सामाजिक अन्तत्र्रिmयामा द्वन्द्व, कुराकानी, समस्याको समाधान र अन्य बच्चासँग खेल समावेश छ । बाल्यकालका यी पक्षलाई तत्काल प्रतिक्रियाशील र आकर्षक एआईले कति असर गर्छ भन्ने कुरा स्पष्ट छैन । धेरै एआईको सहयोगमा सामाजिक अन्तत्र्रिmयाको अनुभव गरिरहेका बालबालिकालाई वास्तविक संसारमा सम्बन्ध विकसित गर्न गाह्रो हुन सक्छ । विशेषगरी, द्वन्द्वको अवस्थामा यस्तो सम्बन्ध विकसित गर्न गाह्रो हुन्छ ।
यो पनि सम्भव छ कि बालबालिकाले परिवार वा साथीभाइसँग वास्तविक जीवनमा संलग्नताभन्दा एआईसँगको संलग्नतालाई प्राथमिकता दिन्छन् । साना बच्चालाई वास्तविकताबाट काल्पनिकता छुट्याउन गाह्रो लाग्छ । एआई सामग्री र त्यसलाई प्रस्तुत गर्ने शैली वयस्क र बच्चा दुवैका लागि रमाइलो छ, जसमा काल्पनिक खेल, मूर्खता र मनोरञ्जन समावेश छ । तैपनि, एआई निर्मित काल्पनिकता अत्यधिक मात्रामा प्रेरक हुन सक्छ, सम्भावित रूपमा बच्चालाई वास्तविकता र अरूको चेतनाबारे भ्रमित पार्न सक्छ । अर्थात्, एआई सामग्रीले बच्चालाई दिग्भ्रमित बनाउन सक्छ ।
हानि र सहयोग दुवैको सम्भावना
यदि शिशु र बालबालिकासँग पर्याप्त रूपमा वास्तविक संसारको अनुभव छैन भने वास्तविकता पत्ता लगाउने र संवेदनशीलता व्याख्या गर्ने उनीहरूको उदीयमान संज्ञानात्मक क्षमता प्रभावित हुन सक्छ । अपांगता भएका बालबालिकालाई सामाजिक सञ्चारको विकासमा सहयोग गर्न एआईको सहायता प्राप्त उपकरणको सम्भावनाबारे धेरै उत्साह छ । यसले स्नायु विकासमा देखिने भिन्नतालाई बालबालिकाले पहिले नै पत्ता लगाउन सक्ने सम्भावना देखिन्छ । यदि यी हस्तक्षेपले अन्य बालबालिका र वयस्कसँग वास्तविक जीवनमा हुने अन्तत्र्रिmयालाई प्रतिस्थापन गर्छन् भने त्यसको जोखिम हुन सक्छ ।
अतिरिक्त सिकाइ आवश्यकता भएका बालबालिकाको दैनिक अनुभव कस्तो हुनेछ ? अभिभावकहरू एआईले विकास गरेको सिकाइसँग रमाउन सक्छन्, तर यदि यो वास्तविक शिक्षक सहयोगीको सट्टामा प्रदान गरियो भने उनीहरू पूर्ण रूपमा सन्तष्ुट नहुन सक्छन् । एआईको प्रयोग वा परिचय अपरिहार्य देखिन्छ र यसले हाम्रा बालबालिकालाई पहिले नै असर गरिरहेको छ । हामीलाई थाहा छ कि प्रारम्भिक बाल्यकालको विकासको समयमा कनेक्सन, स्पर्श, पारस्परिक र भाषामैत्री वातावरण र असंरचित खेल महत्वपूर्ण हुन्छन् । परिणाम थाहा नपाई हाम्रा बच्चा भएका स्थानमा वा उनीहरूको पहुँचमा एआई अपनाउनु भनेको त्यसलाई उलटफेर गर्न नसकिने परिणामको प्रयोग हो । अनिश्चिततालाई ध्यानमा राख्दै परिवारसँग कम्तीमा आफ्ना बच्चाका लागि एआईमुक्त वातावरण छनोट गर्ने स्वतन्त्रता पनि हुनुपर्छ ।
– द कन्भर्सेसनबाट