दोहोरो नागरिकता लिने पक्राउ

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

दोहोरो नागरिकता लिने एकजना पोखराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक रुकुम जिल्ला, कोल गाउँ विकास समिति वडा नम्बर १ बस्ने हिराधन पुन रहेका छन् ।

पक्राउ परेका पुनले पहिलोपटक जिल्ला प्रशासन कार्यालय, रुकुमबाट १९ फागुन ०४७ मा नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसपछि आफ्नो वास्तविक नाम थर, जन्ममिति, जन्मस्थान, स्थायी ठेगाना र बाबुको नाम थरलगायतका विवरण फरक पारी जिल्ला प्रशासन कार्यालय, कास्कीबाट २० वैशाख ०५८ मा पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

झुटा विवरण पेस गरी दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ परेका पुनको विषयमा थप छानबिन र आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाइएको बरालले जानकारी दिए ।
 

सुझावित समाचार