गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन ८ चैतदेखि

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

गण्डकी प्रदेश सभाको अधिवेशन ८ चैतदेखि बस्ने गरी आह्वान गरिएको छ । गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमे ८ गते आइतबार दिउँसो १ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् ।

बैठक पोखरा महानगरपालिका– ५ मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्नेछ ।
 

सुझावित समाचार