गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. हेमराज शर्मा निर्विरोध निर्वाचित भएका छन् । संघको १२औँ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । नयाँ कार्यसमितिले मंगलबार शपथग्रहणसमेत गरेको छ ।
नयाँ कार्यसमितिमा रोविनप्रसाद शेरचन वरिष्ठ उपाध्यक्ष चुनिएका छन् । अधिवेशनले १८ जना उपाध्यक्ष चुनेको छ । जसमा बुद्धि सुवेदी, चिन्तामणि सापकोटा, ददीबल खड्का, दिनेश पोखरेल, गोपीकृष्ण काफ्ले, डा. ज्ञानेन्द्र रेग्मी, जुनु गुरुङ, कमलमणि गुरागाईं, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, महेन्द्र ओली, मनोजकुमार श्रेष्ठ, प्रवीन गुरुङ, पूर्णचन्द्र बानियाँ, रविनराज बज्राचार्य, रामशरण सिंखडा, रोजिना प्रधान राई, रोशन थापा, टंकप्रसाद गैह्रे रहेका छन् । महिला उपाध्यक्षमा राधिका गुरुङ (टीका), युवा उपाध्यक्षमा भीमसेन थापा चयन भएका छन् ।
महासचिवमा डा. चिरञ्जीवी खड्का चयन भएका छन् । उपमहासचिवमा अनुजा प्रधान, बेदराज बस्नेत, दिनेशकुमार घिमिरे, पारसमणि पोखरेल, राजेन्द्र अर्याल, स्वतन्त्रप्रताप शाह, तिलकप्रसाद गैह्रे चयन भएका छन् ।
सचिवमा अभिमन्यु बस्नेत, दीपेश खत्री, मदनराज पौडेल, माधव दुलाल, मोहम्मद मुक्तदा, प्रसुना कँडेल, शिवप्रसाद पौडेल, सुजन अधिकारी, सुजन केसी खत्री, सुपेन्द्र घिसिङ, यज्ञनारायण पौडेल चयन भएका छन् । महिला सचिवमा अमृता थापा कञ्चन चयन भएकी छिन् ।
कोषाध्यक्षमा कृष्णप्रसाद तिम्लसेना, सहकोषाध्यक्षमा अब्दुल बसिद, महिला सहकोषाध्यक्षमा गंगा खतिवडा चयन भएका छन् । महिला संयोजकमा रश्मी थापा, युवा संयोजकमा नवीन न्युरे, अफ्रिका संयोजकमा मनोज विके, अमेरिका संयोजकमा भुवन खरेल, एसिया प्यासिफिक संयोजकमा दीपकप्रसाद कँडेल, युरोप संयोजकमा रोबट लिम्बू, मिडिल इस्ट संयोजकमा रमेश श्रेष्ठ, ओसियानामा रमेश जोशी चुनिएका छन् ।
अमेरिकाको उपक्षेत्रीय संयोजकमा नेत्र पाण्डे, सम्राट थापा, एसिया प्यासिफिकमा भविन्द्र बस्नेत, छत्रबहादुर दाहाल, लालसिंह खड्का, युरोपमा तिलकराम भट्टराई, मिडिल इस्टमा विकल झा, विकास शाही, विष्णुलाल श्रेष्ठ, करिम मियाँ, ओसियानामा छविप्रसाद सापकोटा, सिके भुसाल, हेमन्त काफ्ले चुनिएका छन् ।
क्षेत्रीय महिला संयोजकतर्फ एसिया प्यासिफिकमा संगीता अधिकारी सुवेदी, युरोप कोर्डिनेटरमा बाबा राजेश्वरी थापा क्षेत्री, मिडिल इस्टमा सरिता भण्डारी चयन भएका छन् । उपसंयोजकतर्फ युरोपमा राधा सिग्देल किरण, मिडिल इस्टमा मन्जु मल्ल रहेका छन् ।
क्षेत्रीय युवा संयोजकतर्फ एसिया प्यासिफिकमा राम थापा अनिल, युरोपमा शिवसागर बुढाथोकी, मिडिल इस्टमा सुजन सापकोटा रहेका छन् । युवा उपसंयोजकतर्फ युरोपमा ओमन गौचन, मिडिल इस्टमा वासुदेव सापकोटा चुनिएका छन् । दोस्रो पुस्तातर्फ संयोजकमा हङकङकी दीपमाला ढकाल चयन भएकी छिन् । प्रवक्तामा सोम सापकोटा चयन भएका छन् । नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले शपथग्रहण गराएको थियो ।