विश्वको शक्तिशाली रकेट मंगलग्रहमा प्रक्षेपण गरिने

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

यसै वर्षको अन्त्यमा मानवनिर्मित रोबोट अप्टिमससहित विश्वको शक्तिशाली रकेट स्टारसिप मंगलग्रहमा प्रक्षेपण गरिने भएको छ । स्पेसएक्सका संस्थापक एलन मस्कले उक्त जानकारी दिएका हुन् । ‘स्टारसिप अर्को वर्षको अन्त्यमा अप्टिमसलाई लिएर मंगलग्रहका लागि प्रस्थान गर्नेछ । यदि अवतरण राम्रो भयो भने सन् २०२९ सम्ममा मानव अवतरण सुरु हुन सक्छ, यद्यपि मानव अवतरण सुरु हुन सन् २०३१ सम्म लाग्ने सम्भावना बढी छ,’ मस्कले भनेका छन् । विश्वको सबैभन्दा शक्तिशाली रकेट ‘स्टारसिप’ मंगलग्रहको उपनिवेशीकरणका लागि दीर्घकालीन दृष्टिकोणको कुञ्जी हो ।

टेस्लाका कार्यकारी प्रमुखसमेत रहेका मस्कले गत वर्ष एक कार्यक्रममा कम्पनीको अप्टिमस रोबोट सार्वजनिक गरेका थिए । उनले कुनै दिन सानातिना काम गर्न सक्ने र मित्रता पनि गाँस्न सक्ने ‘डान्सिङ रोबोट’लाई २० हजारदेखि ३० हजार डलरसम्ममा बिक्री गर्न सकिने बताएका छन् । ‘स्ट्याच्यु अफ लिबर्टीभन्दा लगभग १०० फिट अग्लो (४०३ फिट) स्टारसिप अन्ततः पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ ।

नासाले आफ्नो आर्टेमिस कार्यक्रमका लागि मुन ल्यान्डरको रूपमा स्टारसिपको परिमार्जित संस्करणको पनि प्रतीक्षा गरिरहेको छ, यसले यस दशकमा अन्तरिक्षयात्रीलाई चन्द्रमामा फर्काउने लक्ष्य राखेको छ । स्पेसएक्सले ती मिसन पूरा गर्नुअघि यसले यान विश्वसनीय र चालक दलका लागि सुरक्षित छ भनेर प्रमाणित गर्नुपर्छ । गहिरो अन्तरिक्ष अभियानको यानको सुरक्षा सुनिश्चित हुनुपर्छ । गतवर्ष ‘स्टारसिप प्रोटोटाइप’को पछिल्लो परीक्षण उडान एक ज्वालामुखी विस्फोटमा परिणत भएपछि स्पेसएक्सले धक्काको सामना गर्नुपरेको थियो ।

सुझावित समाचार