हालैको निर्वाचनबाट सबैभन्दा ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदलाई अभिमुखीकरण तालिम दिने भएको छ। मंगलबार र बुधबार ललितपुरको तुलिप होटेलमा अभिमुखीकरण तालिम दिन लागेको हो।
एक सय ८२ सांसदलाई सो कार्यक्रममा अनिवार्य उपस्थिति हुन भनिएको छ। सांसदहरूलाई होटेलमै आवासको व्यवस्था गरिएको छ। तालिममा मोबाइल बोक्ने नपाइनेदेखि होटेलमा परिवार तथा आफन्त ल्याउन नपाउनेजस्ता कडा आचारसंहिता लागू गरिएको छ।
