श्रम स्वीकृति नवीकरण प्रक्रिया रोकिएकोमा प्रवासी नेपाली मञ्चको ध्यानाकर्षण

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

मध्यपूर्वलगायत देशमा कार्यरत नेपाली श्रमिको श्रम स्वीकृति नवीकरण प्रक्रिया रोकिएकोमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चले सोमबार प्रेस विज्ञप्ति निकाली यसबाट हजारौँ नेपाली श्रमिक मर्कामा पर्ने भएकाले सहजीकरण गर्न सरकारलाई आग्रह गरेको छ । 

श्रम स्वीकृति नवीकरण रोकिँदा उनीहरूको बिमा सुविधा, सामाजिक सुरक्षासम्बन्धी अधिकारहरू प्रत्यक्ष रूपमा प्रभावित हुने मञ्चले जनाएको छ । मञ्चका अध्यक्ष रमेश पाण्डे र सचिव चानकराज पोखरेलद्वारा जारी विज्ञप्तिमा श्रमिकको हितलाई केन्द्रमा राखी निर्णय गर्न आग्रह गरिएको छ । मञ्च नेकपा एमाले) निकट प्रवासीहरूको संगठन हो। 

सुझावित समाचार