सेन्सेईको निःशुल्क एसी सर्भिस तथा एक्सचेन्ज अफर

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

 सेन्सेई ब्रान्डले एसी सर्भिस तथा एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको सेन्सेईले बढ्दो गर्मीलाई ध्यानमा राख्दै यो योजना ल्याएको जनाएको छ । अभियानमार्फत ग्राहकले निःशुल्क एसी सर्भिस, एक्सचेन्ज सुविधा र नयाँ एसीको खरिदमा विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै एसी सर्भिस गर्दा आवश्यक पर्ने स्पेयर पार्टस्मा ५० प्रतिशतसम्म छुट पाउनेछन् भने सेन्सेईका नयाँ एसी किन्दा २० प्रतिशतसम्म विशेष छुट दिइने कम्पनीले जनाएको छ । जुनसुकै ब्रान्डको पुरानो एसी साटेर नयाँ सेन्सेई एसी लिन सक्ने एक्सचेन्ज अफर पनि उपलब्ध छ । 

यसमा पुरानो एसीको मूल्यांकनमा ५० प्रतिशतसम्म, नयाँ सेन्सेई एसी खरिद गर्ने ग्राहकलाई चार हजार रुपैयाँबराबरको निःशुल्क इन्स्टलेसन सुविधा र एक्सचेन्ज गर्ने ग्राहकलाई थप सुविधास्वरूप तीन हजार रुपैयाँबराबरका दुईवटा सर्भिस कुपन निःशुल्क दिइने कम्पनीले जनाएको छ । सेन्सेईका एयर कन्डिसनरमा इनभर्टर कम्प्रेसर, कनभर्टिबल टेक्नोलोजी, वाइफाई कन्ट्रोल, ३–इन–१ एयर फिल्टर, लो भोल्टेज स्टार्टअप तथा ४–वे स्विङजस्ता प्रविधि समावेश गरिएको कम्पनीको दाबी छ । 

See More On

सुझावित समाचार