राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुईदिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रशिक्षण कार्यक्रम चैत ३ र ४ गते काठमाडौंमा सञ्चालन गरिनेछ। उक्त कार्यक्रममा पार्टीका नवनिर्वाचित सांसदहरूलाई संसदीय भूमिका, पार्टीको नीति तथा कार्यदिशा, संसदीय प्रक्रिया र जिम्मेवारीबारे जानकारी दिइने बताइएको छ।
पार्टीले सबै सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरेको छ। साथै, चैत ३ गते काठमाडौं उपत्यकाभित्र तोकिने स्थानमा समयमै उपस्थित हुन तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ।