धनकुटाको छथर जोरपाटी गाउँपालिका–४, तेलियाका ५६ वर्षीय लक्ष्मण लिम्बूको आज दिउँसो लडेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार लिम्बू स्थानीय भीमकुमारी लिम्बूको घरअगाडि रहेको फलैँचामा बसिरहेको अवस्थामा अचानक लडेका थिए। लडेर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट इन्स्पेक्टर रामप्रसाद खनालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक लिम्बूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाएको जनाएको छ।