रास्वपाले बुझायो समानुपातिक सांसदको नामावली

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा समानुपातिक सांसदको नामावली बुझाएको छ। पार्टी सचिवालयको निर्णयअनुसार समानुपातिकको बन्दसूचीबाट ५७ प्रस्तावित सांसदहरूको नामावली बुझाएको प्रवक्ता मनीष झाले जानकारी दिए।

झाका अनुसार ४८ महिला र नौजना पुरुषको नाम पठाइएको हो।

जसमध्ये खस आर्यतर्फ  १७, जनजाति १६, मधेशी नौ, दलित आठ, थारू चार र मुस्लिम तीनजनाको  नाम तय गरिएको झाले बताए। केही प्राविधिक प्रक्रिया पूरा गरेर नाम सार्वजनिक गरिने पार्टीले जनाएको छ।

सुझावित समाचार